सुनसरीमा ७८ जना नयाँ संक्रमित थपिए

इटहरी, २१ भदौ । सुनसरीमा आइतबार थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार आज थपिनेहरूमा धरान उपमहानगरपालिकाका ७१ जना र इटहरी उपमहानगरपालिकाका ७ जना गरी ७८ जना रहेका छन् ।

यससँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ९८० पुगेको छ । जसमध्ये ४१७ जना निको भएका छन् ।

यसैगरी ५५७ जना जिल्लामा सक्रिय संक्रमित रहेका र ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

Loading...