Rumpum

Rumpum Advertisement

क्रोएशियामाथि पोर्चुगलको शानदार जित, फ्रान्स पनि विजयी

क्रोएशियामाथि पोर्चुगलको शानदार जित, फ्रान्स पनि विजयी

एजेन्सी, २१ भदौ । यूईएफए नेशन्स लिगमा साविक विजेता पोर्चुगलले शानदार जित निकालेको छ । शनिबार राति भएको समूह चरणको खेलमा पोर्चुगलले क्रोएशियामाथि ४–१ गोलको शानदार जित निकालेको हो ।

पोचुगलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जाओ क्यान्सेलो, जाओ फेलिक्स, डिएगो कोस्टा र आन्द्रे सिल्भाले समान एक–एक गोल गरे । क्रोएशियाका ब्रुनो पेटकोभिकले सान्त्वना गोल फर्काए ।

जितसँगै समूह ‘सी’को पोर्चुगलले ३ अंक जोडेको छ ।

यस्तै गए रातिकै अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि १–० गोलको जित निकालेको छ । गए राति नै भएको अर्को खेलमा बेल्जियमले डेनमार्कलाई २–० गोलले हराउँदा इंग्ल्याण्डले आइसल्याण्डमाथि १–० गोलको जित निकाल्यो ।