Rumpum

Rumpum Advertisement

पाकिस्तानसहित थप चार देशमा चीनको खोपको क्लिनिकल ट्रायल हुँदै

पाकिस्तानसहित थप चार देशमा चीनको खोपको क्लिनिकल ट्रायल हुँदै

विराटनगर, २१ भदौ । चीनमा विकास भएको कोरोनाविरुद्धको खोपलाई अन्य चार देशमा अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिइएको छ ।

चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले थप चार देशहरूले आफ्नो देशमा बनेको कोरोनाको खोपलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको जानकारी दिएका हुन् । खोप बनाउने दौडमा चीन आफ्नो प्रयासमा अन्य देशहरूलाई पनि सँगै लिँदै अघि बढाइरहेको छ ।

सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश भएका छन् । साथै, अन्य दुई देशको कम्पनीबाट थप डाटा माग गरएको छ । सीएनबीजीले बनाएका दुई खोपको ट्रायल सर्बियामा हुनेछ । यी दुबै खोप वुहान र बेइजिङको सीएनबीजी युनिटमा तयार गरिएको हो । पाकिस्तानमा बेइजिङ युनिटले बनाएको खोपको ट्रायल हुनेछ ।

संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा पहिले नै ट्रायल सुरु भइसकेका छन् । सीएनबीजीको तेस्रो चरणको ट्रायलमा १० देशका करिब ५० हजार मानिसहरू समावेश हुने सम्भावना देखिएको छ । चीनमा कोरोना भाइरस संक्रमितको संख्या निकै कम भएको कारण चीनले अन्य देशमा आफ्नो क्लिनिकल ट्रायल गरिरहेको हो ।