Rumpum

Rumpum Advertisement

‘धानै कुट्ने ढिक्की’मा पल र एलिजाको जोडी (भिडियोसहित)

‘धानै कुट्ने ढिक्की’मा पल र एलिजाको जोडी (भिडियोसहित)

विराटनगर, २१ भदौ । ‘धानै कुट्ने ढिक्की’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो गायक पवन वली युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । गीतमा पवनलाई चर्चित लोकगायिका विष्णु माझीले आवाजमा साथ दिएकी छिन् । गायक वलीको शब्द तथा संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । सार्वजनिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतमको प्रस्तुति रहेको छ ।

म्युजिक भिडियोमा शिव विकको कोरियोग्राफी र निर्देशन रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । यो पल र एलिजा अभिनित दोस्रो म्युजिक भिडियो रहेको छ । यसअधि यी दुईको जोडी गायक निशान भट्टराईको ‘आँटो पीठो’ बोलको गीतमा देखिएको थियो ।

लकडाउनकै अवधिमा एलिजाको दुर्गेश थापासँगको ‘आधी कपाल’ र पुष्प खड्कासँगको ‘म सास बन्न पाए’ सार्वजनिक भइसकेको छ ।