‘आदिपुरुष’मा लंकेशको भूमिकामा सैफ, प्रभाषसँग भिड्दै

विराटनगर, २१ भदौ । बाहुबली स्टार अभिनेता प्रभाषको आगामी फिल्म ‘आदिपुरुष’मा बलिउड अभिनेता सेफ अली खान अनुबन्धित भएका छन् ।

फिल्म ‘आदिपुरुष’ मा सैफले रावणको भूमिका निर्वाह गर्न लागेको निर्देशक ओम राउतले फिल्मको एक पोस्टर शेयर गर्दै जानकारी दिएका हुन् । सात हजार वर्षअगाडि दुनियाँमा सबैभन्दा वुद्धिमान राक्षस रहेको बताउँदै ‘आदिपुरुष’ मा सैफले लंकेशको भूमिका निर्वाह गर्ने जानकारी दिएका छन् । सैफले प्रभाससँग स्क्रिन शेयर गर्न र एक राक्षसको भूमिकालाई लिएर आफू उत्साहित रहेको बताएका छन् ।

निर्देशक राउत र सैफको यो दोस्रो सहकार्य हो । गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘तान्हाजी ः द अनसंग वारियर’ मा उनीहरुबीच सहकार्य भएको थियो । भारतीय मिडियाका अनुसार प्रभाषले ‘आदिपुरुष’मा भगवान रामको भूमिका निभाउन लागेका हुन् । फिल्ममा साउथ अभिनेत्री कीर्ति सुरेश सीताको भूमिकामा हुने चर्चा चलिरहेको छ । तर, यसबारे निर्माण टिमले जानकारी भने दिएका छैनन् ।

थ्रीडी एक्सन ड्रामामा निर्माण हुने फिल्मलाई तमिल, मलयालम, कन्नड र हिन्दीलगायत विभिन्न भाषामा प्रदर्शन गरिने भएको छ । सन् २०२१ मा छायांकन हुने फिल्म सन् २०२२ मा ठूलो पर्दामा रिलिज गरिने छ ।

Loading...