सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी, २१ भदौ । सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

सुनसरीको देवानगञ्ज– २ का ३० वर्षीय सन्तकुमार मेहेताको चट्याङ लागेर मृत्यु भएको हो ।

शनिबार बेलुका घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

Loading...