Rumpum

Rumpum Advertisement

नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइन्छ : मन्त्री भुसाल

नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइन्छ : मन्त्री भुसाल

टेक्सस, २१ भदौ । विदेशमा रहेका नेपालीलाई बसोबास गरेकै स्थानबाट मतदान गर्न पाउने व्यवस्था मिलाइने कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले बताएका छन् ।

देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका हुन ।

गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तरक्रियाममा मन्त्री भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने बताए ।

उनले राजनीतिक अधिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त यो उपलब्धीलाई आत्मसात गर्दै यसलाई संस्थागत गर्ने दिशामा अघि बढ्न गैरआवासीय नेपालीसमक्ष आग्रह गरे । रासस