Rumpum

Rumpum Advertisement

कोरोना संक्रमित वृद्धको चितवनमा मृत्यु

कोरोना संक्रमित वृद्धको चितवनमा मृत्यु

विराटनगर, २१ भदौ । चितवनको भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय कोरोना संक्रमित वृद्ध पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा आईसीयूमा उपचाररत उनको बिहान ८ बजे मृत्यु भएको हो । मृर्गौलाको पुरानो समस्या रहेका वृद्धलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

चितवनमा हालसम्म कोरोनाका कारण २२ जनाले ज्यान गुमाइसकेका छन् । मृतक १२ जना चितवनकै हुन् ।