Rumpum

Rumpum Advertisement

आजको मौसम यस्तो छ

आजको मौसम यस्तो छ

विराटनगर, २१ भदौ । प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानमा आज (आइतबार) भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मौसममा सामान्यतया बदली रही केही ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशााले देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षा पनि हुन सक्ने जनाएको छ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केही पर दक्षिण तर्फ अवस्थित रहेककाले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।