अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्या

विराटनगर, २१ भदौ । पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ ।

यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् ।

भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध सम्बन्ध र लेनदेनका कारण हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकोलेको छ । यस्तै, गत २५ साउन राति गोंगबुमा कृष्णबहादुर बोहोराको अवैध सम्बन्ध तथा अर्थिक लेनदेनकै कारण क्रूर तथा वीभत्स तरिकाले हत्या भएको थियो ।

झापाको शिवसताक्षीमा मनकुमार लिम्बूले लेनदेनकै कारण मंगलबार २८ वर्षीय गोमानसिंह मगरको वीभत्स तरिकाबाट हत्या गरे । महानगरीय अपराध महाशाखाका प्रमुखसमेत रहेका एसएसपी दीपक थापाले अवैध सम्बन्ध अरूले थाहा नपाऊन् भन्ने उद्देश्यले तथा तत्कालको रिस र आवेगलाई मानिसले नियन्त्रण गर्न नसक्दा हत्याका घटना हुने गरेको देखिएको बताए ।

लेनदेनको विषय अदालती प्रक्रियामा जानुपर्ने र आफूले दिएको रकम सहजै फिर्ता नहुने अवस्थापछि माानिसले आवेगमा हत्याको निर्णयसम्म गर्ने गरेको एक प्रहरी अधिकारीले बताए । आजको राजधानी दैनिकमा समाचार छ

Loading...