रंगेलीमा कोरोना नियन्त्रण

विराटनगर, २१ भदौ । मोरङको पुरानो सदरमुकाम रंगेलीमा समुदायस्तरमै फैलिएको कोरोना नियन्त्रणमा आएको छ ।

साउन १७ गते एकै परिवारका १४ सहित २२ जनामा कोरोना देखिएपछि संक्रमण समुदायस्तरमै फैलिएको पाइएको थियो । रंगेलीमा तीन सातासम्म लकडाउन र वडा सिल गर्दै कोरोना नियन्त्रणको प्रयास गरिएको थियो ।

रंगेलीमा हालसम्म एक सय नौ जनामा संक्रमण पुष्टि भइसकेको छ । रंगेली बजार क्षेत्र पूर्ण रुपमा सिल गर्दै कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणको दायरा बढाएर संक्रमितलाई स्थानीय स्तरमै आइसोलेसन बनाएर उपचार थालिएका कारण कोरोना नियन्त्रण चाँडो भएको मेयर दिलिप बगडियाको भनाइ छ । आइसोलेसनमा रहेका एक सय नौ जना सबै संक्रमण मुक्त भइरहेको उनले बताए । आजको उद्घोष दैनिकमा समाचार छ

Loading...