Rumpum

Rumpum Advertisement

नेता र प्रहरी नजिक हुँदै अपराध

नेता र प्रहरी नजिक हुँदै अपराध

विराटनगर, २१ भदौ । हतियार देखाउँदै विराटनगरका व्यापारीसँग रकम असुली गर्ने धन्दामा संलग्न युवा नेता र प्रहरीको नजिक हुँदै अपराधकर्ममा संलग्न रहेको पाइएको छ ।

मोरङ प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छ जनामध्ये दुई जना विकास महतो र अभिषेक राय नेता र प्रहरीसँग निकट सम्बन्ध भएका युवाहरु हुन् । अपराध लुकाउन उनीहरु नेता र प्रहरीका अधिकारीसँग नजिक हुने गरेको खुलेको छ ।

सत्तारुढ अनेरास्ववियु मोरङका सचिवालय सदस्य महतो र अनेरास्ववियुकै विराटनगर महानगर कमिटीका पूर्व उपाध्यक्ष राय अपराध गरेर नेता र प्रहरीकहाँ पुग्ने गरेको खुलेको हो । व्यापारीका घरमा बन्दुक पड्काएर असुली गरेपछि उनीहरु नेता र प्रहरीको शरणमा पुगेको पाइएको छ ।

अनेरास्ववियु जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै महतोलाई प्रहरीको अनुसन्धान नसकिएसम्म निलम्बन गरिएको जनाएको छ । त्यस्तै यसअघि पनि अपराधिक गतिविधीमा संलग्न रहेका कारण रायलाई यसअघि नै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको अनेरास्ववियुले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको पूर्व सामान्य प्रशासन मन्त्री एवं सत्तरुढ नेकपाका नेता लालबाबु पण्डित र तत्कालिन मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीसँग निटकको सम्बन्ध रहेको खुलेको छ । आजको उद्घोष दैनिकमा समाचार छ