गोठगाउँ आइसोलेसन अस्पताल बन्द

गोठगाउँ आइसोलेसन अस्पताल बन्द

विराटनगर, २१ भदौ । सुन्दरहरैंचास्थित पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको एकसय २५ बेडको कोभिड आइसोलेसन अस्पताल बन्द गरिएको छ ।

आइसोलेसनमा रहेका ३३ जना संक्रमितहरु कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएपछि केहिदिनका लागि बन्द गरिएको आइसोलेसन अस्पतालले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले ०७७ जेठ २२ देखि एकसय २५ बेडको कोभिड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको थियो ।

उक्त आइसोलेसन अस्पतालभित्र संक्रमितहरुको ठलो संख्यामा संक्रमितहरु बस्ने गरेकोले भित्री सरसफाई पर्याप्त हुन नसकेको र धारा तथा बिजुली बिग्रिएका कारण मर्मत सम्भारका लागि केहिदिनका लागि आइसोलेसन बन्द गरिएको हो ।

संक्रमितहरु आफैंले गरेको सरसफाई बाहेक भित्री भागको पर्याप्त सरसफाई नभएकोले आइसोलेसन खाली गराएर ‘फ्यूमिगेशन’ र धारा तथा बिजुली मर्मत गर्न लागिएको आइसोलेसन अस्पतालका सूचना व्यवस्थापन प्रमुख नविन लामिछानेले जानकारी दिए ।

सफाई र मर्मत सम्भारको अवधिभर आइसोलेसन बन्द रहने उनले बताए । अस्पतालमा हालसम्म ६ सय ५८ जना भर्ना भएकोमा ९ जना संक्रमितलाई भने सम्बन्धित स्थानीय तहले नै आफ्नो आइसोलेसनमा फिर्ता लगेको जनाइएको छ । आजको उद्घोष दैनिकमा समाचार छ