Rumpum

Rumpum Advertisement

कोरोना बीमा भुक्तानी मापदण्ड अपुरो

कोरोना बीमा भुक्तानी मापदण्ड अपुरो

विराटनगर, २१ भदौ । बीमा समितिले कोरोना बीमा भुक्तानीसम्बन्धी तय गरेको कोरोना बीमा मापदण्ड २०७७ अपूरो देखिएको छ ।

सरकारी प्रयोगशालालाई मात्र मान्यता दिनेगरी बीमा समितिबाट जारी मापदण्डमा नयाँ परिस्थितिमा यसमा संशोधन हुनुपर्ने पनि आवश्यकता देखिएको छ । कोरोना सङ्क्रमित तीव्र रूपमा बढ्न थालेपछि सरकारले निजी प्रयोगशालामा पनि पीसीआर परीक्षण गर्न सकिने र त्यसलाई मान्यता दिने निर्णय गरिसकेको सन्दर्भमा संशोधनको आवश्यकता देखिएको हो ।

तर कोरोना बीमा मापदण्ड २०७७ ले भने नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण भएको देखिएमा मात्र भुक्तानी गर्न भन्दै बीमा कम्पनीहरूलाई थप स्पष्ट पारेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ