कोरोनाविरुद्ध साताव्यापी सचेतना अभियान

विराटनगर, २१ भदौ । देशमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साताव्यापी सचेतना अभियान सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यका लगायत देशभर कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्दै गएकाले जनचेतना स्वरूप सचेतना अभियान सुरु गरिएको जानकारी दिए । उनले बढी भीड हुने स्थानमा सचेतना अभियान सञ्चालन गरेको बताउँदै ती स्थानमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जनचेतना सुरुवात गरिएको बताए ।

प्रवक्ता गौतमले भीडभाड हुने ठाउँमा स्वास्थ्य सुरक्षा मापदण्डबारे पनि अवलोकन गर्ने जानकारी दिए । उनले मास्क लगाए, नलगाएको अवलोकन गरी नलगाएकालाई निःशुल्क मास्क वितरण गर्ने, माइकिङ गर्ने जस्ता जनचेतनाका कार्यक्रम गरिने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...