विश्वमा संक्रमित संख्या दुई करोड ७० लाख नाघ्यो

विराटनगर, २१ भदौ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ७० लाख नाघेको छ ।

एकै दिन दुई लाख ५७ हजार नौ सय ५२ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म संक्रमित संख्या दुई करोड ७० लाख ४२ हजार सात सय २३ पुगेको हो । कोरोनाका कारण विश्वमा आठ लाख ८२ हजार नौ सय ८४ जनाको मृत्यु भइसकेको छ । एकै दिन चार हजार छ सय ३० जना संक्रमितको मृत्यु भयो ।

एक करोड ९१ लाख ४५ हजार चार सय ५९ जना उपचारपछि घर फर्किएका छन् । ७० लाख १४ हजार दुई सय ८० जना उपचाररत रहेकोमा ६० हजार नौ हजार सात जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म संक्रमित संख्या ६४ लाख २९ हजार चार सय ३६ पुगेको छ । एकै दिन ४० हजार तीन सय ७९ जना नयाँ बिरामी थपिए । एक लाख ९२ हजार आठ सय १७ जना संक्रमितले अमेरिकामा ज्यान गुमाइसकेका छन् । एकै दिन सात सय छ जनाको मृत्यु भयो ।

३७ लाख पाँच हजार नौ सय ३७ जना उपचारपछि घर फर्किएका छन् । २५ लाख ३० हजार छ सय ८२ जना उपचाररत रहेकोमा १५ हजार १० जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा संक्रमित संख्या ४१ लाख २३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ हजार एक सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ब्राजिलमा एक लाख २६ हजार दुई सय तीन जना संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन छ सय १९ जनाले ज्यान गुमाए ।

ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये ३२ लाख ९६ हजार सात सय दुई जना उपचारपछि कोरोना पराजित गर्न सफल भएका छन् । सात लाख ९५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था खराब छ ।

छिमेकी मुलुक भारतमा ४१ लाख १० हजार आठ सय ३९ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन हालसम्मकै उच्च ९० हजार छ सय जनालाई भारतमा संक्रमण देखियो । संक्रमितमध्ये ७० हजार छ सय ७९ जनाले ज्यान गुमाएका छन् । एक हजार ४४ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको छ ।

३१ लाख ७७ हजार छ सय ७३ जना उपचारपछि कोरोना जितेर घर फर्किएका छन् । आठ लाख ६२ हजार चार सय ८७ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

Loading...