गाली

गाली

डा. मुसाफिर बैठा

जब हामी कसैलाई
दिइरहेका हुन्छौं गाली
त केवल मात्रै
उसैलाई पीडा पु¥याउने
लक्ष्य हुने गर्छ हाम्रो
र आफ्नो मन हलुको पार्नका लागि
तर हामीले आफ्नो गाली
पक्कै लक्षितमाथि मात्रै
केन्द्रित राख्न सक्दैनौँ ।

गहुँसित जसरी
पिनिन्छ कण पनि
त्यसरी नै
बोलिएको गालीको
मेहनत वा विनामेहनत नै लक्षितको
यताउता, छिमेकी, नातेदार
यहाँसम्म कि कतै दुर्गम अदृश्य
र टाढा टाढासम्म पनि
फैलिन्छ यसको संक्रामक असर
र गर्छ कोहीले, भर्छ कोहीले
जब कि अरुले
हाम्रो केही बिगारेको हुँदैन
जस्तै
आमा–बहिनी, छोरा–छोरी, सालासाली नातागोताको
आन्द्राभुँडी छेड्ने गाली दिँदै हामी
केही यस्तै गरिरहेका हुन्छौं ।

सम्भवतः
गालीहरूको स्वभाव नै यस्तो हुन्छ
कि उनीहरू कलहकारी र उत्ताउलो हुन्छन्
आफ्नो असरझैं नै र
आफूलाई कुनै उचनिच, सही वा गलतको
खोपिल्टोमा थुनिएर हेरिनुमा
गर्दैनन् उनीहरू पटक्कै विश्वास ।

अनुवाद : चन्द्र गुरुङ