भर्चुअल वक्तृत्वकलामा सत्यनारायणका भट्टराई प्रथम

विराटनगर, २० भदौ । साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले मोरङ जिल्लास्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

राष्ट्रिय बालदिवसको अवसर पारी गरिएको प्रतियोगितामा सत्यनारायण माविका नवराज भट्टराई प्रथम भएका छन् । कोभिड १९ ले बालबालिकामा पारेको प्रभाव र सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा भट्टराई प्रथम भएका हुन् । प्रतियोगितामा एभरेष्ट माविकी स्नेहा पोखरेल दोश्रो र सेन्टमेरिज स्कुलकी कृष्टिना शर्मा तेश्रो भएकी थिइन् । बाल अधिकारकर्मी सिविन विराटनगरका प्रमुख बासु अधिकारी र मानवअधिकारकर्मी कोषराज न्यौपानेले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई १ हजार ५ सय, दोश्रो हुनेलाई १ हजार र तेश्रो हुनेलाई ५ सय नगद र प्रमाणपत्र प्रदान गरिने कोकन विराटनगरका कार्यक्रम अधिकृत हेमन्तराज पौडेलले जानकारी दिए । कोभिड १९ ले बालबालिकालाई पारेको प्रभाव र र बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले बताइन् ।

प्रतियोगितामा मोरङका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, सामाजिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

Loading...