सिलिगुडीबाट आउन थाल्यो इन्धन, मेचीनाकाबाट फर्कन थाले खाली गाडी

विराटनगर, २० भदौ । कोरोना महामारीका कारण भारतको पश्चिमबंगालको पानीटंकी नाकाबाट रोकीएको पेट्रोलियम ढुवानी सुचारु भएको छ । पाँच महिनायता बन्द भएको नाकाबाट एकसातायता पेट्रोलियम पदार्थ ढुवानी सुरु भएको हो ।

नेपाली ट्यांकरले पश्चिमबंगालको सिलिगुडी डिपोबाट डिजल, पेट्रोल लगायतका इन्धन नेपाल ल्याउन थालेको मेची भन्सारका सूूचना अधिकृत भरतराज अधिकारीकाले जानकारी दिए ।

कोरोना संक्रमणको त्रास देखाउँदै पश्चिमबंगाल सरकारले अनिश्चितकालिन पानीटंकी नाका सिल गरेको थियो । सिल भएको एक महिना पछि मात्र आंशिक खुला भएको थियो ।

भारतबाट समाग्री बोकेका आएका र भारतीय मालबाहक गाडीलाई काकडभिट्टा नाकाबाट प्रवेश दिएपनि फर्कन अन्य नाकाको प्रयोग गर्नुपर्ने बाध्यता पनि हटेको छ ।

५ महिना पछि मेचीनाकाबाटै खाली गाडी पनि भारतीय भन्सारले फर्कन दिएको छ । बिहान ८ बजेदेखी बेलुका ५ बजेको समय सीमा तोकेर खाली गाडी फर्कन दिएको हो ।

पश्चिमबंगाल सरकारले पटक पटक गरेर नाका पूर्ण सुचारु गरेपनि सिलिगुडीबाट इन्धन आयात भने हुन सकेको थिएन । मेची भन्सारको राजश्वको स्रोत मध्येको इन्धन मुख्य स्रोत हो । यस बाहेक मेची नाकाबाट कोइला, क्लिंकर, जिप्सम लगायतका बस्तुआयात हुदै आएको छ ।

लकडाउनका कारण ७८ दिन पछि नेपाली बस्तुले बिना अवरोध भारत निकासी पाएको भन्सारले जनाएको छ । ाका सिल हुँदा मेची भन्सारको राजश्वको लक्ष्य दैनिक ४ करोड राजश्व संकलन प्रभावित भएको थियो ।

नाका खुलेपछि दैनिक दुुईकरोड हाराहारीमा राजश्व संकलन हुन थालेको छ । जसमा पेट्रोलियम पदार्थको आधा योगदान छ ।

मेची नाकाबाट जेठमा महिनामा ९५ करोड ९१ लाखको पथ्थर कोइला भित्रिएको थियो । सोही अवधीमा ३२ करोड ३९ लाखको सुपारी, १४ करोड ७१ लाखको सिमेन्ट क्लिंकर, १४ करोड ४४ लाखको छोकडा र १० करोडको जिप्सम बोर्ड आयात भएको थियो ।

मेची भन्सारको आवको २०७६÷२०७७ राजस्व असुली लक्ष्य १३ अर्ब २४ करोड रुपैया“ हो । जसमा मासिक १ अर्ब १० करोड उठ्नु पर्छ । तर लकडाउनको कारण वैशाखमा १ अर्ब, चैतमा ५३ करोड र जेठमा करिब ७० करोड राजस्व कम संकलन भएको थियो ।

Loading...