Rumpum

Rumpum Advertisement

कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, शनिबार थपिए १०४१

कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, शनिबार थपिए १०४१

विराटनगर, २० भदौ । नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४५ हजार २७७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भएका छन् । यो सँगै संक्रमण मुक्त हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

पछिल्लो २४ घण्टामा मृतक ९ जनामा कोरोना पुष्टि भएको छ। यीसहित कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ।