विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, २० भदौ । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ५५ वर्षिय संक्रमित पुरुषको मृत्यु भएको हो ।

शुक्रबार मोरङको धनपालथान गाउँपालिका – ३ का ५५ वर्षिय पुरुषलाई उपचारका लागि भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएका पुरुषको शनिबार दिउँसो मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रले जनाएको छ ।

शुक्रबार विराटनगरका दुुईजना कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

शुक्रबार उपचारका क्रममा एक जनाको विराटनगरस्थित कोशी अस्पताल र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

कोशी अस्पतालमा मृत्यु भएकी महिलाको भने शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो । आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी उनको साँझ ७ः३० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजकसमेत रहेका डा. यादवले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर घर भएकी कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

Loading...