Rumpum

Rumpum Advertisement

ऋषितुल्य राष्ट्रकवि

ऋषितुल्य राष्ट्रकवि

जयप्रसाद पाण्डे

सूर्य अस्त चन्द्र लुप्त कस्तो दिन यो आज
राष्ट्रभक्त राष्ट्रकविको भयो अवसान ।

भौतिक देह नरहे पनि सिर्जना छन् धेरै
नित्य नूतन काव्य छन् सबै अनमोलै ।

शोक लहर फिँजिएको सबै शहर ग्राम
रवि शशी ध्वजा अर्पी गरे सैनिक सलाम ।

सधैं राष्ट्रचिन्तन दूरदर्शी आवाज
काव्यका शिखर पुरुष भयौ हामीमाझ ।

जीवेम शरद शतं उच्चताको माप
एक सय वर्षपछि छोड्यौ तिमीले प्राण ।

ऋषितुल्य थियौ तिमी काव्यका सरताज
मर्ने छैन युगौं यश रहिरहला नाम ।

चुमे होलान् प्रभुले तिम्रा ती हात
अमर रहिरहने छ तिम्रो यश काय ।