Rumpum

Rumpum Advertisement

दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

सिरहा, २० भदौ । सिरहामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्ँिकदा दुईजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्रयाक्टरमा गएराति अनटेष्ट मोटरसाइकल ठोक्ँिकदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते दुवैजनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएकामा उपचारका क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएको र उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।