Rumpum

Rumpum Advertisement

लघुकथा : सर्पको खेती

लघुकथा : सर्पको खेती

बालकृष्ण गजुरेल

‘कता हिँडिस् हस्याङफस्याङ गरेर साहिँला ? टाढै लागिस् ?’ रामबहादुर तामाङलाई देखेर गोले तामाङले सोधे । ‘कता हिँड्नु दाजु मल छैन खेतमा हाल्ने । दुई दिन भयो गाउँपालिकाको सहकारीमा गएर बसेको । यसपालि खान पनि पुग्दैन जस्तो छ,’ गोले तामाङले दुःख सुनाए ।

रामबहादुर तामाङ सामान्य कृषक हुन् । नौ मुरी आउने खेत र अलिकति बारी कमाएर बसेका थिए । घरमा बृद्ध बा र श्रीमती थिइन् । छोराहरु देश छोडेर विदेशमा अलपत्र । श्रम गर्न जाउँ लकडाउन छ, ज्यानभन्दा ठूलो कमाइ होइन । नजाउँ खेतमा रासायनिक मलविना फसल नआउने । चिन्ता नै चिन्ता । सरकार पनि घरमा नै बस भनेर मृत्युको कामना गर्छ ।

मल नपाएपछि सबै किसान जम्मा भएर राजधानी घेर्ने निधो गरे । भोलिपल्ट बिहान सबेरै उठेर भेला हुने निर्णय गरियो । विद्यालयमा ३०० जना के भेला भएथ्यो प्रहरीले लखेट्यो । रामबहादुर तामाङलाई प्रहरी हिरासतमा लगियो । रोग फैलाउन भूमिका खेलेको आरोप लाग्यो ।

इन्सपेक्टर तात्तिए, ‘होइन तपाईहरुलाई जति भने पनि लाग्दैन ? घरमा बस्नु भनेको होइन ? ल भन् रामबहादुर, तँ किन भेला भइस् यस्तो सममयमा ?’

‘के गर्नु सर ! सर्पको खेती गरेपछि ? सरकारले एउटा नेतालाई फाइदाको लागि सर्पको खेती गराएछ । मेरो त जम्मा ९ मुरी धान फल्ने खेत र एक हल लाग्ने बारी छ । रासायनिक मलविना फल्दैन । जताततै सर्प बसेका छन् डस्न । यति आयस्ता पनि व्यापारी, सरकार तथा अरु मिलेर डस्छन् । कर तिर्नै परो । नुन, तेल, मल, बीउ आदि इत्यादि ल्याउनै परो । हामी किसान सबै मिलेर सर्पको खेती ग¥यो आफैंलाई डसायो, म¥यो । जुन व्यवस्था आए पनि मर्ने नादान जनता नै रहेछ ।’ निडर भएर रामबहादुर बोले ।

इन्सपेक्टरले कुरा बुझेछन् । एकान्तमा बोलाएर क्षमा माग्दै रामबहादुर तामाङलाई छोडिदिए । अरु पनि प्रहरी गिराफ्तारीबाट मुक्त भए ।