Rumpum

Rumpum Advertisement

बुटवलमा दुई संक्रमितको मृत्यु

बुटवलमा दुई संक्रमितको मृत्यु

विराटनगर, २० भदौ । बुटवलमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उनीहरुको उपचार भइरहेको थियो ।

नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि उनलाई भदौ १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचाररत महिलालाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या थियो ।

त्यस्तै बुटवल–११ का ४० वर्षीय पुरुषको शुक्रबारराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनलाई भदौ १५ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा पनि ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

हालसम्म रुपन्देहीमा मृत्यु भएका १५ मध्ये छ जना बुटवलका छन् ।