नेशन्स लिग : आज पोर्चुगल र क्रोएशिया भिड्दै, अन्य आठ खेल हुँदै

एजेन्सी, २० भदौ । यूईएफए नेशन्स लिगमा आज राति नौ खेल हुँदैछन् । समूह चरणका खेलअन्तर्गत आज १८ वटा राष्ट्र एक–अर्काविरुद्ध प्रतिस्पर्धामा छन् ।

आज साविक विजेता पोर्चुगलका साथै फ्रान्स, क्रोएशिया, इंग्ल्याण्ड, बेल्जियम र डेनमार्क पनि प्रतिस्पर्धामा छन् ।

पोर्चुगलले क्रोएशियासँग खेल्दैछ । पोर्चुगलको मैदानमा हुने यो खेल नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुनेछ ।

समूह ‘सी’मा रहेको पोर्चुगल साविकको विजेता राष्ट्र हो । उसले अघिल्लो संस्करणमा नेदरल्याण्ड्सलाई हराउँदै उपाधि जितेको थियो ।

यसैगरी सोही समय हुने अर्को खेलमा फ्रान्स र स्वीडेन भिड्दैछन् । यो खेल स्वीडेनको घरेलु मैदानमा हुनेछ । २०१८ को विश्वकप विजेता फ्रान्स र स्वीडेन पनि समूह ‘सी’मा नै छन् ।

राति १२ः३० बजे नै बेल्जियम र डेनमार्कले खेल्दैछन् । यो खेल डेनमार्कको मैदानमा हुनेछ ।

इंग्ल्याण्डको खेल भने राति ९ः४५ बजेबाट नै सुरु हुनेछ । इंग्ल्याण्डले आइसल्याण्डसँग खेल्दैछ । यो खेल आइसल्याण्डको मैदानमा हुनेछ ।

आज हुने खेलहरूः

  • नर्थ मेसडोनिया भर्सेस अर्मानिया– साँझ ६ः४५ बजे
  • गिब्रल्टार भर्सेस सान मारिनो– साँझ ६ः४५ बजे
  • आइसल्याण्ड भर्सेस इंग्ल्याण्ड– राति ९ः४५ बजे
  • अजेरबैजान भर्सेस लक्जम्बर्ग– राति ९ः४५ बजे
  • साइप्रस भर्सेस मोन्टेनेग्रो– राति ९ः४५ बजे
  • स्टोनिया भर्सेस जर्जिया– राति ९ः४५ बजे
  • पोर्चुगल भर्सेस क्रोएशिया– राति १२ः३० बजे
  • स्वीडेन भर्सेस फ्रान्स– राति १२ः३० बजे
  • डेनमार्क भर्सेस बेल्जियम– राति १२ः३० बजे

सम्बन्धित समाचारहरू

रोनाल्डोले क्रोएशिया र स्वीडेनसँगको खेल गुमाउन सक्ने

नेशन्स लिग खेल्ने पोर्चुगलको टोली घोषणा

Loading...