Rumpum Advertisement

आपराधिक अभियोगबाट ज्याकोब ब्लेक मुक्त

आपराधिक अभियोगबाट ज्याकोब ब्लेक मुक्त

विराटनगर, २० भदौ । अमेरिकन प्रहरीले सातवटा गोली प्रहार गरेपछि अस्पतालमा उपचाररत मेरिकाको विस्कनसिनका ज्याकोब ब्लेक उनीमाथि लागेको आरोपबाट मुक्त भएका छन् ।

उनकी प्रेमीकाले उनलाई अपुष्ट र आधारहीन आरोप लगाएकी थिइन् । त्यही आरोपमा दर्ता भएको आपराधिक अत्याचार तथा यौन उत्पीडनको अभियोगमा भएको सुनुवाईमा उनलाई अदालतले सफाई दिएको हो । उनीविरुद्ध जुलाईमा सो अभियोगमा उजुरी परेको थियो ।

तर गएको अगस्ट २३ मा विस्कनसिनको केनोशामा प्रहरीले गोली प्रहार गर्नुमा सो उजुरी कारक नभएको बताइएको छ । उनी अदालती सुनुवाईमा भिडियो कन्फ्रेन्समार्फत अस्पतालबाटै सहभागी भएका थिए ।

अगस्ट २३ मा ब्लेकमाथि उनका तीन सन्तानको सामुन्ने कारमा पस्न लागेका बेला प्रहरीले ढाडमा गोली प्रहार हानेको थियो ।