साविक उपविजेता नेदरल्याण्ड्सको सुखद सुरुआत

एजेन्सी, २० भदौ । यूईएफए नेशन्स लिगमा साविकको उपविजेता नेदरल्याण्ड्सले सुखद सुरुआत गरेको छ ।

शुक्रबार राति भएको खेलमा नेदरल्याण्ड्सले पोल्याण्डमाथि १–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको हो ।

नेदरल्याण्ड्सको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि स्टेभन बेर्घविन्जले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६१औं मिनेटमा उनले गरेको गोल नै नेदरल्याण्ड्सका लागि निर्णायक बन्यो ।

यससँगै समूह ‘ए’ मा रहेको नेदरल्याण्ड्सले ३ अंक जोडेको छ । सोही समूहका इटाली र बोस्निया एण्ड हर्जगोविनाले १–१ गोलको बराबरीमा खेल्दै अंक बाँडेका थिए ।

Loading...