प्रदेश १ सहित विभिन्न स्थानमा वर्षाको सम्भावना

विराटनगर, २० भदौ । प्रदेश १ सहित मुलुकका विभिन्न स्थानमा शनिबार वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा अहिले हल्का वर्षा भइरहेको छ । प्रदेश १, गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविदका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा केही पर दक्षिण तर्फ रहेकाले मनसुनी गतिविधि हाल केही कमजोर भएको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानीय उच्च सावधानी आपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

Loading...