Rumpum

Rumpum Advertisement

इरानको युरेनियम क्षमता ‘१० गुणा बढी’

इरानको युरेनियम क्षमता  ‘१० गुणा बढी’

विराटनगर, २० भदौ । अन्तर्राष्ट्रिय सहमतिमा निर्धारण गरिएको सीमा भन्दा इरानको युरेनियम क्षमता १० गुणा बढी रहेको पाइएको छ ।

परमाणु गतिविधि सम्बन्धमा अनुगमन गर्ने संयुक्त राष्ट्रसंघीय संस्थाले यसको पुष्टि गरेको हो । इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए) का अनुसार हाल इरानको युरेयिनम भण्डारण २१ सय पाँच किलो पुगेको छ ।

आइएइएका अनुगमनकर्ताहरुलाई आफ्ना दुई पूर्व परमाणु क्षेत्रमा पहुँच दिएपछि यो खबर बाहिरिएको यो विषयमा इरान आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको बताउन बाध्य भयो । सन् २०१५ मा इरान, चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत र अमेरिकाबिच परमाणु सम्झौता भएको थियो।

सो सम्झौता अनुसार इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्दै लैजाने भनिएको थियो । तर अमेरिका सम्झौताबाट बाहिरियो, त्यसपछि इरानले पनि आफूले सम्झौताका नियमहरु नमान्ने बताउँदै आइरहेका बेला युरेनियम क्षमता सीमाभन्दा १० गुणा बढी रहेको बाहिरिएको हो ।