खतिवडा सबल अर्थमन्त्री, दुर्बल अर्थमन्त्री

विराटनगर, २० भदौ । ६ महिनाअघि अर्थमन्त्रीमा पुनः नियुक्ति पाएपछि डा. युवराज खतिवडाले भनेका थिए, ‘यो मुलुकको गरिबी, अभाव, भोक, अशिक्षा र अन्यायविरुद्ध लडेको विकासे योद्धा हुँ। कमान्डरले फिर्ता नबोलाएसम्म लड्नेछु।’

खतिवडाकै भाषामा अन्ततः ‘कमान्डर’ अर्थात प्रधानमन्त्रीले फिर्ता बोलाएका छन्। धेरै समयको रस्साकस्सीपछि बिहीबार नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गर्‍यो। भोलिपल्ट शुक्रबार उनले राजिनामा दिएका छन्।
यस्ता छन् उनका सबल र दुर्बल पक्ष

सबल पक्ष
· मूल्य अभिवृद्धि कर फिर्ता खारेज

· कर चुहावट नियन्त्रण स् व्यावसायिक प्रयोजनका लागि मालवस्तु तथा ढुवानी अनुगमन प्रणाली लागू

· वित्तीय संघीयता कार्यान्वयनः सन्तुलित स्रोत विनियोजन र मितव्ययीता

· करको दायरा विस्तार

· लगानी सम्मेलनमार्फत लगानीको वातावरणमा सुधार

· वैदेशिक ऋण परिचालन विस्तार

दुर्बल पक्ष

· करको दरमा औचित्यहीन वृद्धि

· पुँजीगत खर्च न्यून

· ठूला परियोजनामा प्रगति न्यून

· सार्वजनिक खर्च पुनरवलोकन आयोगको प्रतिवदेन गुपचुप

· निजी क्षेत्रमाथि नियन्त्रण

· श्वेतपत्रअनुसार काम गर्न नसक्नु । आजको अन्नपूर्ण पोस्टमा समाचार छ

Loading...