गति लिएन सहुलियतपूर्ण कर्जाले

विराटनगर, २० भदौ । सरकारले दिने सहुलियतपूर्ण कर्जाको उपयोग गरेर व्यवसाय विस्तार गरौँला भनेर बसेका व्यवसायी उल्टै व्यवसाय बन्द गरेर बस्नुपरेको छ ।

निषेधाज्ञा र कोरोना त्रासले उपयुक्त वातावरण नहुँदा सहुलियतपूर्ण मात्रै होइन समग्र कर्जा लगानी नै बढ्न नसकेको बैङ्करहरू बताउँछन् । नेपाल सरकारले विभिन्न क्षेत्रका लागि सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि लागू गरिसकेको छ ।

त्यसअनुरूप विभिन्न शीर्षकमा बैङ्क, वित्तीय संस्थाले कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । मुलुकमा उद्यमशीलता प्रवद्र्धन, कृषिको व्यवसायीकरण र रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम घोषणा भए पनि मुलुकमा देखिएको कोरोना सङ्क्रमणको विषम परिस्थितिले गर्दा यो कार्यक्रमले गति लिन नसकेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...