Rumpum Advertisement

खर्कमै पुगेर खोप

Neuro
खर्कमै पुगेर खोप

विराटनगर, २० भदौ । तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनका खर्क यतिबेला भरिभराउ छन् ।

तर त्यही अग्ला स्थानमा रहेका हुम्लाका उच्च हिमाली भेगमा पुगेर स्वास्थ्यकर्मीले खोप कार्यक्रम सञ्चालन गरेका छन् । चौँरी, भेडा, घोडा लगेर गोठ बनाएर राख्दै चरनाका लागि प्रयोग गरिने उच्च हिमाली तथा पहाडी क्षेत्रलाई खर्क भनिन्छ । खर्कमा बस्दैआएका बालबालिकासम्म पुगेर स्वास्थ्यकर्मीले निकै दुःखका साथ रोटा भाइरसविरुद्धको खोप नियमित चलाइरहेका छन् ।

स्वास्थ्यकर्मी रत्न बोहरा छुटेका बालबालिकालाई खोप लगाउनकै लागि डेढ दिन पैदल हिँडेर खर्कमा पुगेको बताउँछन् । केही गरी खर्कमा नपुगेको भए बालबालिका यो कार्यक्रमबाट छुट्ने पक्का रहेको उनको भनाइ छ । उनले खर्क र गोठ खोज्दै गएर पनि खोप सम्पन्न गरिएको जानकारी दिए ।

हुुम्लाका उच्च हिमाली भेगका खर्कमा वैशाखदेखि नै चौँरी, भेडा, घोडा लग्ने गरिन्छ । असोज अन्तिमतिर मात्र तिनलाई तल गाउँतिर झारिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ