Rumpum

Rumpum Advertisement

कोरोना संक्रमितको घरमा वडा अध्यक्षले लगाए ताला

कोरोना संक्रमितको घरमा वडा अध्यक्षले लगाए ताला

भक्तपुर, १९ भदौ । भक्तपुरमा कोरोना संक्रमितको घरमा वडा अध्यक्षले ताला लगाइदिएका छन् । भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौजनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका हुन् ।

४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा राखिएको थियो ।

यसपछि श्वासप्रश्वासमा समस्या आएपछि हाल उनको पाटन अस्पतालमा उपचार भइरहेको छ भने परिवारलाई बाहिरबाट ताला लगाएर भित्रै राखिएको छ ।

कोरोना सङ्क्रमित परिवारलाई होम आइसोलेशनमा राखेर जनप्रतिनिधिले आवश्यक परामर्श र सहयोग गर्नुपर्नेमा उल्टैभित्र राखेर बाहिरबाट ताल्चा लगाइदिएको हुन ।

वडाध्यक्षसहितको टोलीले संक्रमित पुरुषकी आमासहित परिवारका चारजना र घरमा डेरा गरी बस्ने पाँचजना गरी नौजना घरभित्र नै राखेर घरको मूल ढोकामा ताल्चा लगाएर साँचो छिमेकीलाई दिई केही परे छिमेकीलाई भन्नु भनेर गएको परिवारले जनाएका छन् ।

भक्तपुर–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भने परिवारकै आग्रहमा ताल्चा मारेको दाबी गरे । भाडामा बस्ने बाहिर जाने-आउने गर्दा छिमेकीमा सङ्क्रमण होला भनेर छिमेकी र परिवारले आग्रह गरेपछि ताल्चा मारेको उनले बताए । रासस