बार्सिलोनाका फरवार्ड स्वारेज युभेन्ट्स जाने

काठमाडौं,१९ भदौ । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लुइस स्वारेज इटालियन क्लब युभेन्ट्स जान सहमति जनाएका छन । बीबीसी स्पोर्टका अनुसार उनले युभेन्टस जानका लागि सहमति जनाएका छन् ।

बार्सिलोनामा लामो समय बिताएका स्वारेज फ्रि ट्रान्सफरमा सिरी ए च्याम्पियन क्लबमा जान सहमत भएका हुन् ।

स्पेनिस क्लब बार्सिलोनाले रिलिजकालागि सहमति गरे उनी युभेन्टस जाने बीबीसीले उल्लेख गरेको छ ।

उरुग्वेली फरवार्ड स्वारेजको बार्सिलोनासँगको सम्झौता एक वर्ष बाँकी छ । ३३ वर्षीय स्वारेजले आफ्नो निर्णयले लिओनल मेस्सीको भविष्यमा कुनै असर नपर्ने बताएका छन् ।

इटलीको क्लबमा गए उनले क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् ।

स्वारेज सन् २०१४ यता बार्सिलोनामा छन् ।

Loading...