अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने, डा खतिवडाद्धारा राजीनामा

विराटनगर, १९ भदौ । अर्थ तथा सूचना तथा सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले राजीनामा दिएका छन् । शुक्रबार बेलुका अर्थमन्त्री खतिवडाले राजीनामा दिएका हुन ।

डाक्टर खतिवडाले राजीनामा दिएपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै सम्हाल्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेकी छन् ।

मन्त्रिपरिषद्का सदस्य डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम शुक्रबार आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

नेकपा सचिवालयले नेता बामदेव गाैतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेपछि खतिवडाले राजिनामा दिएका हुन । रासस

Loading...