गोंगबु हत्या प्रकरण : आरोपीलाई थुनामा राख्ने आदेश

काठमाडौं, १९ भदौ । जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर बोहराको हत्यामा संकलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल)लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले हत्या आरोपमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

पौडेललाई सुन्धारास्थित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार र पौडेलकी १५ वर्षीया छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले आदेश दिएको हो ।

गोंगबूमा गत २५ साउनमा बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर अर्को सुटकेसमा रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।रासस

Loading...