जीवन विकासको बाँझो जग्गामा खेती अभियान

विराटनगर, १९ भदौ । जीवन विकास समाजले बाँझो जग्गामा खेती अभियान शुरु गरेको छ ।
समाजको केन्द्रीय कार्यालय नजिक रहेको मोरङ कटहरीको करिव ५ कठ्ठा जमिनमा बासमती धानकाे खाैर रोपेर अभियानको सुरुवात गरेको हो ।

बाँझो खेतलाई उर्वर बनाउने उद्देश्यले जीवन विकास समाजले बाँझो जग्गामा खेती अभियान शुरुवात गरेको समाजका अध्यक्ष योगेन्द्र मण्डलले बताए । उनले बाँझो जमिनमा मौसम अनुसारको खेती गरिने बताए ।

धान रोपाइँ कार्यक्रममा प्रदेश १ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ अधिकृत राजेन्द्र उप्रेती, समाजका अध्यक्ष मण्डल, जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल, जीवन विकास समाज, लघुवित्त, स्थानीयवासीको सहभागिता रहेको जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका बरिष्ठ अधिकृत कुमोद मण्डलले जानकारी दिए ।

जीवन विकास समाज यस वर्ष करिब ५ सय विघा जमिनमा खेती गर्ने अभियानसहित यो कार्यक्रम सुरु गरिएको अध्यक्ष मण्डलले जानकारी दिए ।

खोलाको बगर, व्यक्तिको बाँझो जमिन र अन्य प्रकारका खेतमा यो अभियान चलाइनेछ । खाद्यान्नलगायतका सामग्रीहरूको उत्पादनलाई बढाउन र स्वदेशका जमिनलाई अधिकतम् प्रयोग गरी प्रेरणा दिनका लागि यो अभियानको सुरुवात गर्नु परेको मण्डलले बताए ।

‘यदी कसैले खेत दिन्छ भने सबै काम संस्थाले गरीदिन्छ र आफ्नो लागत लिएर बढी भएको आम्दानी सम्बन्धित धनीलाई उपलब्ध गराउने छ,’ मण्डलले भने, ‘यदी सरकारको अधिनश्त भएका छन् भने पनि हामी प्रक्रिया पु¥याएर उत्पादनका काम गर्ने छौं ।’

जीवन विकास समाजका दमोदर रेग्मीका अनुसार यो बाँझो खेतमा खेती लगाउने अभियानमा समाजका कर्मचारी र स्वयसेवीहरू प्रयोग गरिने छ ।

Loading...