भ्रष्टाचारको आरोप लागेपछि पाकिस्तानी प्रधानमन्त्रीका मुख्य सल्लाहकारले दिए राजीनामा

भ्रष्टाचारको आरोप लागेपछि पाकिस्तानी प्रधानमन्त्रीका मुख्य सल्लाहकारले दिए राजीनामा

पाकिस्तान, १९ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका एक जना प्रमुख सल्लाहकारले पदबाट राजीनामा दिएका छन् ।

भ्रष्टाचारको आरोप लागेपछि अवकास प्राप्त लेफ्टिनेन्ट जनरल असिमसलिम बाज्वाले राजीनामाको घोषणा गरेका हुन् ।

उनले आफूले पदबाट राजीनामा दिएको जानकारी सामाजिक सञ्जाल ट्वीटरबाट बिहीबार नै दिए ।।

प्रधानमन्त्री खानको विषेश सहयोगीका रूपमा आफूले गर्दै आइरहेको कामबाट आफू अलग भएको उनले स्पष्ट पारेका छन् ।

पूर्व प्रमुख सैन्य प्रवक्तासमेत भइसक्नु भएका बाज्वाले चीन पाकिस्तान आर्थिक करिडोर प्राधिकरणको अध्यक्षका रुपमा भने आफूले काम गरिरहने जानकारी दिए ।

उनले सो परियोजना प्रधानमन्त्री खानको अत्यन्त प्राथमिकतामा रहेको र देशको भविश्यलाई नै उज्ज्वल बनाउने किसिमको भएकाले पनि आफूले काम गरिरहने बताए । रासस