Rumpum

Rumpum Advertisement

अध्ययन भन्छ : रातो मासु मुटु रोगीका लागि घातक

अध्ययन भन्छ : रातो मासु मुटु रोगीका लागि घातक

एजेन्सी, १९ भदौ । राताे मासु मुटुसम्बधी रोगीका लागि घातक रहेकाे एक अध्ययनले जनाएकाे छ ।

अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको हाे ।

asd

दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो ।

प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरूको वृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरूले बताएका छन् ।

त्यस्ता तत्वहरुले मुटुसँगै नशासम्बन्धी र चिनीरोगसम्बन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ ।

अध्ययन टोलीका अनुसन्धानकर्ता डा. पेर्माल डेओले भने, “रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरूलाई हानी पुर्‍याउने देखिएको छ ।”