नेपालमा थप १४ जनाले कोरोनाबाट ज्यान गुमाए

विराटनगर, १९ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।

शुक्रबार १४ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो ।

आज ४६४ महिला र ८९५ पुरुष गरी थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै काेराेना संक्रमितकाे संख्या ४४ हजार २३६ पुगेकाे छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ सय ५४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...