शुक्रबार १३ सय ५९ नयाँ संक्रमित थपिए

विराटनगर, १९ भदौ । नेपालमा शुक्रबार थप १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४६४ महिला र ८९५ पुरुष गरी थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १३ हजार ६३८ जनाको परीक्षणमा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै काेराेना संक्रमितकाे संख्या ४४ हजार २३६ पुगेकाे छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ सय ५४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २७१ पुगेकाे छ ।

Loading...