Rumpum

Rumpum Advertisement

काठमाडौं उपत्यकामा थप ४५४ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा थप ४५४ कोरोना संक्रमित थपिए

काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यकामा शुक्रबार थप ४५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५४ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ३८६ जना, ललितपुरका ३२ जना र भक्तपुरका ३६ जना रहेका छन् ।

यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ५७५ पुगेको छ ।