Rumpum Advertisement

प्रदेशमा एकै दिन थपिए १४५ संक्रमित, ७२ जना डिस्चार्ज

प्रदेशमा एकै दिन थपिए १४५ संक्रमित, ७२ जना डिस्चार्ज

विराटनगर, १९ भदौ । प्रदेश १ मा एकै दिन १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुंगामा ४, उदयपुर, सोलुखुम्बु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । योसँगै प्रदेश १ मा संक्रमितको संख्या ३ हजार ८२५ पुगेको छ ।

विराटनगरमा शुक्रबार ६० जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार २५ महिला र ३५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, लेटाङमा २ महिला, सुनवर्षी र ग्रामथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको दुहवीमा ७ महिला ६ पुरुष, इटहरीमा १ महिला ९ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला १ पुरुष, बर्जुमा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको कन्काईका ३ महिला ८ पुरुष, दमकमा ३ महिला २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्बु र खोटाङको स्थानीय तह नखुलेका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

७२ जना डिस्चार्ज

प्रदेश १ मा ७२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेशन केन्द्र, गोठगाउँबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड १९ आइसोलेशन केन्द्र, रंगेलीबाट ११, होटल एशियाटिक आइसोलेशनबाट ७, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५, वि. जेनरल अस्पताल आइसोलेशन केन्द्र, हरिनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेको संख्या १ हजार ८१९ पुगेको छ ।

प्रदेश १ मा आज २ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ५३ महिला र ९१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ९५ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।