आज एकै दिन सबैभन्दा धेरै संक्रमित निको भए

विराटनगर, १९ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।

शुक्रबार थप १३ सय ५४ जना निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार देशैभरि आज एकै दिन सबैभन्दा धेरै संक्रमित निको भएका हुन् । कुल संक्रमितमध्ये ५८ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज ४६४ महिला र ८९५ पुरुष गरी थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै काेराेना संक्रमितकाे संख्या ४४ हजार २३६ पुगेकाे छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ ।

आज १० पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २७१ पुगेकाे छ ।

Loading...