सेभिल्लामा मेस्सीका लागि स्थान खोज्नेछौं : राकिटिक

एजेन्सी, १९ भदौ । क्रोएशियन स्टार इभान राकिटिकले पूर्वसहकर्मी लियोनल मेस्सीका लागि सेभिल्लामा स्थान खोज्ने बताएका छन् । हालै मात्र सेभिल्ला फर्किएका राकिटिकले मेस्सीको सरुवाको विषयमा बोल्दै ठट्टा गरेका हुन् ।

मिडफिल्डर इभान राकिटिक छ वर्षपछि पूर्वक्लब सेभिल्ला फर्किएका हुन् । सन् २०१४ मा क्याप नोउ आएका बिहीबार बिहान पूर्वक्लब सेभिल्ला पुगेका हुन् ।

३२ वर्षीय राकिटिकले सेभिल्लासँग चार वर्षका लागि सम्झौता गरेका छन् । सेभिल्लाकै धेरै तबल खाने खेलाडी बन्दै पूर्वक्लब फर्किएका उनले आगामी सोमबारबाट नयाँ सहकर्मीहरूसँग प्रशिक्षण गर्नेछन् ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोइम्यानको रोजाइमा नपर्ने पक्का भएपछि राकिटिक फेरि सेभिल्ला फर्किएका हुन् । उनले बार्सिलोनाका लागि ३१० खेल खेलेका छन्, जसमा उनले ३६ गोल गरेका छन् ।

‘हामी सेभिल्लामा मेस्सीका लागि स्थान खोज्दैछौं, कुनै समस्या छैन’, मेस्सीको सरुवाबारे सोधिएको प्रश्नमा उनले ठट्टा गर्दै भने, ‘होइन । साँच्चै भनेको । मेरो विचारमा यो देख्नमा राम्रो हुनेछ । मेरा लागि पनि सहज हुनेछ ।’

Loading...