बाह्रदशी गाउँपालिकामा २० वर्षमाथिका धेरै व्यक्तिमा कोरोना संक्रमण

झापा, १९ भदौ । झापाको बाह्रदशी गाउँपालिकामा २० वर्ष उमेर समूहमाथिका धेरै व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ । २० जना कोरोना संक्रमितमध्ये एक बालक र एक महिला छन् ।

महिला २० वर्षमाथिको उमेर समूहकी हुन् । एक जना बालकबाहेक १९ जना संक्रमित नै २० वर्ष उमेर समूहमाथिका भएको बाह्रदशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार शाहले जानकारी दिए ।

गाउँपालिकाभित्र बसोबास गर्नेमध्ये ‘ट्राभलहिस्ट्री’नभएका समुदायका दुई जना व्यक्तिलाई कोरोना संक्रमण भएपनि उनीहरू निको भएको र त्यसयता समुदायका कुनै पनि व्यक्तिलाई कोरोना संक्रमण पुष्टि नभएको शाहको भनाइ छ ।

झापामा २१ हजार १८७ जनाको पीसीआर परीक्षण गरिएको छ भने जसमा ६ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

Loading...