Rumpum

Rumpum Advertisement

राजीनामा दिने अर्थ तथा सञ्चारमन्त्री खतिवडाको घोषणा

राजीनामा दिने अर्थ तथा सञ्चारमन्त्री खतिवडाको घोषणा

काठमाडौं, १९ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । बालुवाटारमा शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आजै साँझ राजीनामा दिने घोषणा गरेका हुन् ।

सरकारले राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि खतिवडाले राजीनामा दिने घोषणा गरेका हुन् ।

नेकपा सचिवालय बैठकले बिहीबार राष्ट्रिय सभामा रिक्त पदमा गौतमलाई पठाउने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको छ । यद्यपि, खतिवडाको मन्त्री पदको म्याद शनिबारबाट सकिँदैछ ।