वीरगञ्जबाट एकै दिन ३८१ संक्रमित निको भइ घर फर्किए

वीरगञ्ज, १९ भदौ । वीरगञ्जबाट एकै दिन ३८१ जना कोरोना भाइरस संक्रमित निको भई घर फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले प्रेस नोटमा जारी गर्दै बिहीबार साँझ ३८१ कोरोना संक्रमित निको भइ घर फर्किएको जानकारी दिएको हो ।

वीरगञ्जका विभिन्न अस्पतालको आइसोलेशन, होम आइसोलेशन, सामुदायिक आइसोलेशनमा उपचाररत रहेका संक्रमितहरूमध्ये चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरू ३८१ जना कोरोनाबाट निको भइ घर फर्किएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

लगातार दुई पटकको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि वीरगञ्जमा पहिलोपटक ठूलो संख्यामा आइशसेलेसनमा रहेका संक्रमितहरू कोरोना संक्रमणमुक्त भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

यससँगै पर्सामा कोरोनामुक्त हुनेहरूको संख्या १२ सय ७३ पुगेको छ ।

Loading...