बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, १९ भदौ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले बैठक जारी छ ।

शुक्रबारको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने बताइएको छ । नेकपा सचिवालय बैठकले बिहीबार राष्ट्रिय सभामा रिक्त पदमा गौतमलाई पठाउने निर्णय गरेको थियो ।

यस्तै आजको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिने तयारी गरेका छन् । खतिवडाको मन्त्री पदको म्याद भोलिबाट सकिँदैछ ।

Loading...